पशुपतिनाथमा एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ देखि

रासस
फागुन १९, २०७७
pashupatinath-temple

काठमाडौँ, १९ फागुन (रासस) ।पशुपतिनाथ मन्दिरमा कोरोना महामारीका कारण एक वर्षअघि देखि रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ ।

कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए ।

हाललाई रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजामात्र पशुपतिनाथ मन्दिरमा गरिनेछ । पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गर्न लागेको हो । फागुन २७ गते बिहीबार महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारका गरी दुई किसिमका विशेष पूजामात्र गर्ने गरी तयारी गरिएको जानकारी पनि उनले दिए ।

महाशिवरात्रिका दिन रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गर्नेबाट दुई र रु ११ हजारको रसिद काटी पूजा गर्नेका तर्फबाट चारजना कर्तालाई मन्दिरमा दर्शन गर्ने व्यवस्था मिलाइने कोषले जनाएको छ ।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौदेखि १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो ।

कोरोनाका कारण करीब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषाध्यक्ष थापाले बताए ।

Related News

सम्बन्धित समाचार

  • रुपाताल छेउमा सिस्टेनी मेला

    राष्ट्र न्यूज सम्वाददाता फागुन ३०, २०७९
    पोखरा ३०, फागुन । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ…
  • नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २९, २०७९
    पोखरा, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले…
  • क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७९
    पोखरा,२८ फागुन । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा…
  • कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २७, २०७९
    पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति…
  • राष्ट्रपतिमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति…