गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १८, २०७७
Sirsuva

फागुन १८, पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकको ब्यानरमा निर्मित गुरुङ भाषा तथा संस्कृतिमा आधारित दोस्रो चलचित्र शिरसुबाको फागुन २२ गते शनिबार पोखरामा विशेष प्रदर्शन हुने भएको छ ।

पोखरामा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका निर्देशक माओत्से गुरुङले पोखराको भमरकोट पार्टी प्यालेस रामबजारमा विशेष प्रदर्शन हुन लागेको जानकारी दिए ।

यस अगाडि यो फिल्मको विशेष प्रदर्शन फागुन १५ गते शनिबार रानीदेवी पार्टी प्यालेस काठमाण्डौँमा भएको थियो । काठमाण्डौँमा गरिएको विशेष प्रदर्शनमा ४ सय ५० जना दर्शकको उपस्थिति रहेको फिल्मका निर्देशक  गुरुङले जानकारी दिए ।

गुरुङ समुदायको भाषा, संस्कार र संस्कृतिमा आधारित तथा गुरुङ युवतीको सुवास मिजासको विषयबस्तुमा आधारित गुरुङ चलचित्रको अधिकांश छायांकन कास्कीको पर्यटकीय गाउँ घान्द्रुकको सेरोफेरोमा गरिएको छ ।

फिल्मका प्रचार संयोजक एवं लामा अमृत फाउण्डेशन घान्द्रुक संस्थापक अमृत गुरुङ लामाले विशेष प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको बताए ।

फिल्ममा विश्वास गुरुङ, सुमन गुरुङ, सुमीत गुरुङ, प्रिती गुरुङ, आइतराम गुरुङ, सुरज गुरुङ, सोम गुरुङ, डिबी गुरुङ, रविता गुरुङ, अञ्जु गुरुङ, टिकाराम घले, मन्जु गुरुङ, मौसम गुरुङ, अंशु गुरुङ, कुल बहादुर गुरुङ, शंकर गुरुङ, अतीत गुरुङ लगायतका कलाकारको अभिनय हेर्न पाइन्छ । यसका अलावा अतिथि कलाकारको रुपमा रजनी गुरुङ, विमल गुरुङ, विरवल घले, राजेन्द्र थापा, लक्ष्मी गुरुङलाई फिल्ममा देख्न सकिन्छ ।

३० लाख भन्दा बढीको लगानीमा फिल्म निर्माण भएको हो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives