तनहुँ, १८ फागुन (रासस)। जिल्लाको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ः०० बजेको समयमा आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।
सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विद्युत् लाइनबाट विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनालगत्तै व्यास नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
होटलको पहिलो तलामा रहेको आगन्तुककक्ष जलेर पूर्णरूपमा क्षति भएको उनले बताए । आगलागीबाट मानवीय क्षति भने भएको छैन । होटलमा रहेको केही पाहुनालाई घरको छतबाट उद्धार गरिएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
व्यवसायी शर्मा सम्मानित
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच