प्रधानमन्त्री ओली पोखरा आउँदै

Avatar राष्ट्र न्यूज सम्वाददाता
फागुन १७, २०७७
KP-Oli-650×330 – Copy

पोखरा, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् ।

उनले पोखरामा नेकपा प्रदेश कमिटीले आयोजना गर्ने अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्वोधन गर्ने छन् ।

त्यस्तैै उनले निर्माणाधिन पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै प्रधानमन्त्रीले आज नै गण्डकी प्रदेश सरकारले पोखरामा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको समेत शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको कार्यक्रमलाई लक्षित गर्दै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Related News

सम्बन्धित समाचार