झापा, १६ फागुन (रासस)प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुगेका छन् ।
उनलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसाईं, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्ने छन् । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटी शिलान्यास गर्ने थापाले बताए । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या
आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट
यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने