पोखरा, १६ फागुन । पोखरेली चेली एलिना गुरुङलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ ।
एलिना गुरुङ जिताऔं सहयोग समिति र गुरुङका परिवारले नेपाल स्टारको उपाधि जिताउन अहोरात्र खट्ने, आर्थिक सहयोग र प्रचारप्रसारमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेको हो।
पोखरामा आयोजित कार्यक्रम बीच उनलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेलाई परिवारका तर्फबाट मायाको चिनोसहित सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाल स्टार एलिना गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, समाजसेवी देविजंग गुरुङ, परिवारका तर्फबाट समितिकी आर्थिक संयोजक कुमारी गुरुङ, प्रचार संयोजक खिमा गुरुङ र समितिकी सचिव रोशनी गुरुङले बोलेका थिए ।
कार्यक्रम एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस