नेपाल शिक्षक संघ कास्कीद्वारा १० लाखको कल्याणकारी कोष स्थापना

एक सय ५० शिक्षक सम्मानित

राष्ट्र न्यूज सम्वाददाता
फागुन १५, २०७७
photo 2

पोखरा, १५ फागुन । नेपाल शिक्षक संघ कास्कीले शिक्षक तथा कर्मचारीका लागि १० लाख रुपैयाँको कल्याणकारी कोष स्थापना गरेको छ ।

शिक्षक संघ कास्कीको पोखरामा शनिवार सम्पन्न २१ औ–२२ औं जिल्ला प्रतिनिधिसभाको अवसरमा कोष स्थापना गरिएको घोषणा गरिएको हो ।
दुर्घटना, बिरामी हुँदा आर्थिक समस्यामा पर्ने शिक्षक तथा कर्मचारीलाई ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने उद्देश्यले सो कोष स्थापना गरिएको संघले जनाएको छ ।

प्रतिनिधिसभामा नेपाल शिक्षक संघको विकास र विस्तारका लागि संघ, प्रदेश, क्षेत्र र पालिकामा रहेर योगदान पु¥याउने करिब १ सय ५० जना शिक्षकलाई सम्मान गरिएको थियो ।

कास्कीका २ सय ५० भन्दा बढी शिक्षक सहभागी प्रतिनिधिसभाले विगतको कार्य समीक्षा गर्दै भावि योजना निर्माण गरिएको नेपाल शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्रीले जानकारी दिए ।

प्रतिनिधिसभाले शैक्षिक तथा प्रशासनीक सुधारका लागि भन्दै १५ बुँदे अल्पकालिन र ३१ बुँदे दिर्घकालिन योजना अघि सारेको छ ।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिरोमणि लामिछानेले सरकारले शिक्षकसँग गरेका ३० बुँदे सहमति कार्यन्वयन नगरेको बताए । उनले सहमति कार्यन्वयनका लागि आन्दोलनमा जानु पर्ने अवस्था आउन सक्ने भन्दै तयारीमा रहन शिक्षकलाई आग्रह गरे ।

त्यस अवसरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा र यज्ञबहादुर थापाले शिक्षकले पार्टी निर्माणमा पु¥याएको योगदानको प्रशंसा गरे ।

कार्यक्रममा नेपाल शिक्षक संघकी केन्द्रीय सदस्य विजयालक्ष्मी कोइराला, नेपाल शिक्षक महासंघका संस्थापक सदस्य बसन्तराज पाण्डे, कास्की सचिव मणिराम कँडेल, नेपाल शिक्षक संघका पूर्व केन्द्रीय उपाध्यक्ष किशोरदत्त बराल, नेपाल ट्रेड युनियन कास्कीका सभापति विजयराज भण्डारी, निवर्तमान सभापति कुलदेवी बराल, शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटा, कास्की काँग्रेसका नेताहरु पोषनाथ शर्मा, माधव बास्तोलॉमधु’, देवेन्द्रकुमार शेरचन, युवराज कुँवर, सरस्वती गुरुङ, टेकनशोभा गुरुङ, नवीन सिग्देल, नेपाल शिक्षक संघका कास्कीका उपाध्यक्ष खेमनाथ तिमिल्सिना, सचिव राजु क्षेत्री, सदस्यहरु धनबहादुर क्षेत्री, रोमबहादुर खवास, निर्मल आचार्य, प्रेम पराजुली , शंकर ज्ञवाली, शिक्षक संघ पोखरा सभापति भोलानाथ पौडेल, अन्नपूर्ण गाउँपालिका अध्यक्ष ढकराज सुवेदी, माछापुच्छ«े गाउँपालिका अध्यक्ष प्रकाश गुरुङ, रुपा गाउँपालिका अध्यक्ष रामचन्द्र ओझा र मादी गाउँपालिका अध्यक्ष बसन्त सापकोटाले बोलेका थिए ।

कार्यक्रम नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष रमेश भट्टराईको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives