पोखरा, १५ फागुन । लोककवि अली मियाँको १०३ औ जन्मजयन्ती पोखरामा शनिवार मनाइएको छ ।
लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा म्याग्दी चिम्खोलाकी लोक गायिका धनकुमारी थापालाई सम्मान गरिएको छ । नगद, सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरिएको हो । चार दशकदेखि गित सङ्गितका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, पृथ्वीनारायण क्याम्पस नेपाली विभागका प्रमुख यादवराज उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार प्रा.डा रविलाल अधिकारी, प्रा.डा कुसुमाकर न्यौपाने, हरिदेवी कोइराला, सम्मानित धनकुमारी थापा, पदमराज ढकाल, अम्बिका भण्डारी, लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानका सहसचिव फणिन्द्र अकिन्छन लगायतले अली मियाँको योगदान बारे चर्चा गरेका थिए।
कार्यक्रम लोककवि अली मियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती
पोखरामा राष्ट्र संघको नमुना महासभा हुने
लागू औषधसहित तीन जना पक्राउ
रेडियो हेमजा एघारौं वर्षमा
औषधी र स्वास्थ्य उपकरण बारे जानकारी लिन मुख्यमन्त्री पाण्डे स्टोरमा