पोखरा, १५ फागुन । पौष शुक्ल पूर्णिमा दिनबाट शुरु भएको श्रीस्वस्थानी व्रत आज सकिदै छ ।
आजबाट श्रीस्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । यो व्रत बस्नाले शान्ति, सुःख, समृद्वि अनि अध्यात्मिक चेतनामा वृद्वि भई सुस्वास्थ्य हुने जनविश्वास रहदै आएको छ ।
स्वस्थानी व्रत कथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।
समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ। काठमाण्डौको साँखुस्थित शालिनदीमा एका विहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना हुन्छ । आज रातभर जाग्राम समेत बस्ने चलन छ ।
यो समाचार हाम्रो पात्रोबाट लिइएको हो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेस सभापति केसीलाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्यलाभको कामना
कालिकामा पूजा
गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र
थप एक हजार २८१ जनामा कोरोना पुष्टि
कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाए ः डा. संग्रौला