रुपा गाउँपालिकाले स्थापना दिवसमा विविध कार्यक्रम गर्ने

राष्ट्र न्यूज सम्वाददाता
फागुन १४, २०७७
rupa

पोखरा, १४ फागुन। कास्कीको रुपा गाँउपालिकाले आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ ।

गाउँपालिकाले फागुन २२ देखि २७ गतेसम्म विविध कार्यक्रम गर्ने छ ।

गाउँपालिकाले भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता, स्रष्टा सम्मानलगायतका कार्यक्रम गर्ने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

स्थापना दिवसका अवसरमा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । भलिबलको विजेताले नगद ८० हजार, उपविजेताले ६० हजार, तृतीयले ४० हजार र सान्त्वनाले ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा बेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर र लिब्रोलाई नगद ३ हजार र बेष्ट प्लेयरलाई ५ हजारसहित मायाको चिनो प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।

त्यस्तै झाँकी प्रतियोगितामा विजेताले ३५ हजार, उविजेताले २० हजार र तृतीयले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै माला प्रतियोगितामा प्रथमले ४ हजार, द्धितीयले ३ हजार र तृतीयले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

खेलकुद प्रतियोगिता सम्पन्न गर्न गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

त्यस्तै गाँउपालिकाले राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र सम्वद्र्धनमा योगदान पु¥याउने गाँउपालिका भित्रका स्रष्टा साहित्यकार, लेखक, खेलाडीहरुलाई ताम्रपत्र, दोसल्ला र नगद १५ हजार एक सय एक रुपैयाँसहित सम्मान गर्ने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives