छिमेकी जिल्ला सुर्खेतमा समेत बर्डफ्लु भेटिएपछि बाँके जिल्ला सो रोगको अत्यधिक जोखिममा रहेका बेलासमेत भारतबाट अवैध रूपमा भइरहेको कुखुराको आयात भने रोकिएको छैन ।
![]()
काठमाडौँ र सुर्खेतमा बर्डफ्लु भेटिएपछि प्रहरी प्रशासनले भारतबाट कुखुरा आयात गर्न नदिने बताइरहेको छ । यही बेला दुई दिनको अन्तरालमा भारतबाट अवैध रूपमा ल्याइएका १४ क्विन्टल अवैध कुखुरासहित सात मोटरसाइकल र सात तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्डफ्लुको उच्च जोखिम हुँदा पनि कुखुराको अवैध आयात भने जारी रहेको सो घटनाले पुष्टि गरेको छ । सिमानामा खटिएको सशस्त्र प्रहरीले बाँकेको डुडुवा र नरैनापुर गाउँपालिकाबाट १४ क्विन्टल अवैध कुखुरा, मोटरसाइकल र तस्करलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीको खडैचा बीओपीबाट सशस्त्र प्रहरी टोलीले बुधबार डुडुवा गाउँपालिका–१, पाँजाबाट पाँच क्विन्टल भारतबाट आउँदै गरेको अवैध कुखुरा बरामद गरेको हो ।
गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।
Related News
सम्बन्धित समाचार
सबै रेकर्ड तोडियो, मोबाइल आयात अहिलेसम्मकै उच्च
फेरि होला लकडाउन ?
राष्ट्रपति भण्डारी बंगलादेश जाने
फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
आज श्रीस्वस्थानी व्रत सकिदै