अवैध रकमसहित दुई नियन्त्रणमा

रासस
फागुन १३, २०७७
arrest-generic_650x400_71463458726

कञ्चनपुर, १३ फागुन (रासस) । दोधारा चाँदनी नगरपालिकाको कुतियाकभर क्षेत्र हुँदै अवैध बाटो प्रयोग गरी नगद रकम बोकेर भारततर्फ जान लागेका बुबाछोरालाई सशस्त्र प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ ।

पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिका–१६ श्रीपुर घर भई अस्थायीरूपमा भक्तपुरको ठिमी बस्दै आएका ५१ वर्षीय प्रशान्तनारायण सिंह र उनका २३ वर्षीय छोरा प्रयाससिंह ठकुरीलाई बोर्डर आउट पोष्ट कुतियाकभरबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

अवैध बाटोको प्रयोग गरी नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शङ्का लागि जाँच गर्दा भारतीय रुपैयाँ दुई हजार दरको ६३ थान र ५०० दरको ३४८ थान गरी भारतीय रु तीन लाख रकम बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दुवैबाट नेपाली रकम रु २७ हजारसमेत बरामद भएको छ । “भारतीय र नेपाली रकम गरी दुवैबाट रु पाँच लाख सात हजार रकम बरामद भएको छ”, उनले भने, “यसका अतिरिक्त कुकुर बाँध्ने गोल्डेन कलरको दुई थान चेनसमेत बरामद गरिएको छ ।”

विदेशी मुद्रा अपचलनअन्तर्गत कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बरामद रकमसहित दुवैलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • हेमजा साहित्य प्रतिष्ठानमा स्रष्टा सम्मान

    राष्ट्र न्यूज सम्वाददाता फागुन १२, २०८०
    पोखरा, १२ फागुन । हेमजा साहित्य प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भ पारेर विविध कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले…
  • स्व. लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग कोष

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८०
    पोखरा, ११ फागुन । पोखरेली घराना कर्माचार्य हाउसका अध्यक्ष एवं लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले आफ्नी पत्नी…
  • लागू औषध गाँजासहित एक पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता फागुन ८, २०८०
    पोखरा, ८ फागुन । प्रहरीले लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौडा नगर पालिका वडा…
  • महेन्द्रपुलमा फहरिए संसार भरिका झन्डाहरू

    राष्ट्र न्यूज सम्वाददाता फागुन ७, २०८०
    पोखरा, ७ फागुन । पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले…
  • सोंथर बेँसी टारी बजार मेला सकियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन ५, २०८०
    पोखरा, ५ फागुन । कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा…

Archives

Archives