रुपाकोट रिसोर्टले कर्मचारी निष्कासन गरेको विषय प्रशासनसम्म

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७७
IMG_7846

पोखरा, २१ फागुन । पोखराको रुपाकोट रिसोर्टले एक श्रमिक निश्काशन गरेको विषयले अहिले पोखरा तातेको छ ।

कोरोनाको समयमा काम गरिरहेका एक श्रमिकलाई रिसोर्टले बिना कारण निकाला गरेपछि मजदुर अगुवाहरुले त्यस विषयलाई गम्भीर रुपमा लिएका छन् । उनीहरु श्रमिकको हक स्थापित गर्न माग गर्दै श्रम कार्यालयदेखि प्रशासनसम्म पुगेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीले कास्कीको रुपाकोट रिसोर्टमा कार्यरत श्रमिक हरिवहादुर थापाको बहालीको माग गर्दै बुधवार कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाएको छ ।

युनियन कास्कीका अध्यक्ष विजयराज भण्डारीको नृेतृत्वमा पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवर, युनियन अगुवाहरु कमल सापकोटा, रुद्ध तिमिल्सिना लगायतको टोली पुगेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र वुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आवश्यक छलफल गरी समस्याको समाधान खोजिने आश्वासन दिएका छन् । उनले अप्ठेरो अवस्थामा श्रमिकको रोजीरोटी खोसिनु गलत भएको बताउँदै सो वारे थप जानकारी लिने बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजी कुँवरले कोरोनाको समयमा निर्दोष कर्मचारीलाई होटलले निकाल्नु दुःखद भएको बताउँदै तत्काल पुर्नवहाली गर्न रिसोर्ट व्यवस्थापनसँग माग गरेका छन् ।

ज्ञापन पत्रमा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समिति, गण्डकी प्रदेश समिति, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी, श्रम तथा रोजगार कार्यालय गण्डकी प्रदेश, जिल्ला प्रहरी कार्यालय कास्की र स्वयं रुपाकोट रिसोर्ट प्रालिलाई वोधार्थ पठाइएको नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जानकारी दिएका छन् ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives