कास्की काँग्रेसद्वारा सर्वाेच्चको निर्णय स्वागत

आन्दोलनमा साथ दिनेप्रति धन्यवाद

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७७
nepali-congress-2_oHXqaNnTC5

????????????????????????????????????????????????????????

पोखरा, १२ फागुन । नेपाली काँग्रेस कास्कीले सर्वाेच्च अदालतले प्रजातन्त्र र संवैधानिक मर्यादाको प्रत्याभूति हुने गरी संसद पुनःस्थापना गर्न गरेको निर्णयको स्वागत गर्दै सम्मान गरेको छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी लहडबाजीमा प्रजातन्त्र र संवैधानिक सर्वाेच्चतालाई उपहास हुने कुनै पनि नागरिक अधिकार हनन विरुद्व काँग्रेस सदैव अग्रपंक्तिमा रहेर लड्ने विश्वास दिलाउँदै संसद पुनःस्थापनाको माग पूरा गर्न सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरेको छ ।

पुस ५ गतेको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्व काँग्रेसको आव्हानमा भएका जिल्ला, क्षेत्र, प्रदेश, स्थानीय तह र वडा स्तरीय आन्दोलनमा उत्साहजन सहभागिता जनाएर सफल पार्न सहयोग गर्ने नेता, कार्यकर्ता, क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुकको साथले संगठन संचालन गर्न ठूलो हौसला प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives