घट्यो सुनको मूल्य

राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७७
gold

काठमाडौँ, १२ फागुन (रासस)। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ ।

तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।

Related News

सम्बन्धित समाचार

  • घट्यो सुनको मूल्य

    रासस भाद्र २, २०७९
    काठमाडौँ, २ भदौ (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार नौ सय तोकिएको छ । अघिल्लो…
  • बढ्यो सुनको मूल्य

    रासस श्रावण २७, २०७९
    काठमाडौँ, २७ साउन (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु सात सयले बढेर रु ९७ हजार तीन सय…
  • प्रतितोला रु ३००ले घट्यो सुनको मूल्य

    रासस श्रावण १८, २०७९
    काठमाडौँ, १८ साउन (रासस)ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला…
  • नेप्से परिसूचक उकालो यात्रामा

    रासस असार ३१, २०७९
    काठमाडौँ, ३१ असार (रासस) :धितोपत्र बजारमा आज चालु आवको अन्तिम शेयर कारोबार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार शुक्रबारको अन्तिम…
  • सुनचाँदीको मूल्यमा गिरावट

    रासस असार २९, २०७९
    काठमाडौँ, २९ असार (रासस) ःसुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९४ हजार ३००…