आयो निशान म्यागनाइट

Avatar राष्ट्र न्यूज सम्वाददाता
फागुन १२, २०७७
Magnite (3)

पोखरा, १२ फागुन । इलाइट मोटर्स प्रा.लि. उत्तमचोक पोखराले नयाँ निशान म्यागनाइट सार्वजनिक गरेको छ ।

बहुप्रतिक्षित नयाँ निशान म्यागनाइटको पोखरामा मंगलबारदेखि विक्री शुभारम्भ गरिएको हो । नेपाली बजारमा बिग, बोल्ड, ब्युटिफुल र अति आकर्षक गाडी निशान म्यागनाइटको शुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

‘मेक इन इण्डिया, मेड फर द वर्ड’ को दर्शनमा निर्मित नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी प्रथम श्रेणी र बेस्ट–इन–सेगमेन्टका सुविधाहरू रहेको कम्पनीले जनाएको छ । जसले उपभोक्ताहरूलाई नविनतम रुपमा आधिकारिकता अनुभव गर्ने अवसर प्रदान गर्नेछ ।

समृद्ध अनुभव प्रदान गर्न निरन्तर अन्वेषणमा लाग्ने निसानको मान्यता अनुसार नै यो गाडीमा निशानका प्रख्यात क्रुज कन्ट्रोल र ३६० डिग्री भ्यू जस्ता अन्य प्रविधिहरुलाई समावेश गरिएको कम्पनीले जनाएको छ ।

म्यागनाइटका हरेक मोडलहरु नेपाली प्रयोगकर्ताको आकांक्षा पुरा गर्ने ध्येयका साथ निकै गहनताका साथ डिजाइन गरिएको बताइएको छ । पुष बटम स्टार्ट, प्रोजेटेड एलइडि हेडल्याम्प, लेदर सिट, १६ इन्चको डाइमण्ड कट एल्लोे ह्विल लगायतका विशेषतामा निशान म्याग्नेटमा उपलब्ध छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष मोहनबाबु खड्काले निशान म्याग्नाइट धेरै ग्राहकको रोजाईमा पर्ने विश्वास व्यक्त गरे ।

इलाइट मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक गोपाल बरालले निशान म्याग्नाइटको विक्री शुभारम्भ ग्राहक केन्द्रित यात्रामा एउटा अविस्मरणीय कोशेढुंगा हुने बताए । ‘विशेष गरी हाम्रा मूल्यवान ग्राहकहरुका लागि बिग, बोल्ड, ब्युटिफुल र क्यारिजम्याटिक निशान म्यागनाइट २९ लाख ४९ हजार रुपैयाँमा बजारमा ल्याएका छौं । ग्राहकहरुको आकांक्षा र उच्च प्रविधिको समायोजन भएको म्यागनाइटले पक्कै पनि नेपाली बजारमा गेम चेन्जरको भूमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

व्यवस्थित सर्भिस सेन्टर स्थापना गरी कम्पनीले विक्री पछिको सेवालाई प्राथमिकतामा राखेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • सरकार ढलाउने सपना नदेखे हुन्छ : रायमाझी

    Avatar रासस चैत्र ३१, २०७७
    अर्घाखाँची, ३१ चैत (रासस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन्  । उनले…
  • हवाई भाडा बढ्यो

    Avatar रासस चैत्र ६, २०७७
    काठमाडौँ, ६ चैत (रासस) । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् ।…
  • पोखरामा दुग्ध विकास संस्थानको विक्री केन्द्र शुभारम्भ

    Avatar राष्ट्र न्यूज सम्वाददाता चैत्र ५, २०७७
    पोखरा, ५ चैत । दुग्ध विकास संस्थानले पोखरामा पनि दुग्धजन्य पदार्थको विक्री शुरु गरेको छ । संस्थानले पोखराको सृजनाचोकमा विक्री…
  • डेरी उद्योगमा करिब ३० अर्ब लगानी

    Avatar राष्ट्र न्यूज सम्वाददाता फागुन २९, २०७७
    पोखरा, २९ फागुन । नेपालमा निजी डेरी उद्योगमा करिब ३० अर्ब लगानी भएको छ । डेरी उद्योगमा ३० हजार बढी…
  • घट्यो सुनको मूल्य

    Avatar रासस फागुन २१, २०७७
    काठमाडौँ, २१ फागुन (रासस) । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज…