शितलादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा

राष्ट्र न्यूज सम्वाददाता
फागुन ११, २०७७
Annapurna

पोखरा, ११ फागुन । पोखरा १२ शिलतादेवीमा अन्नपूर्ण आयुर्वेद क्लिनिक संचालनमा ल्याइएको छ ।

‘आयुर्वेद एक फाईदा अनेक, अन्नपूर्ण आयुर्वेद’ भन्ने नाराका साथ संचालनमा ल्याइएको क्लिनिकको पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले उद्घाटन गरे ।

क्लिनिकमा दैनिक ओपीडी सेवा, क्षार सुत्रद्वारा पायल्स, फिष्टुला, फिसरको उपचार, हाडजोर्नी तथा नशा, बाथ रोग, प्यारालाईसिस, महिला सम्वन्धी रोग, पिनास, दम, टाउको दुखाइ, उच्च रक्तचाप, मधुमेह, मानसिक र छाला सम्वन्धी रोगको उपचार सेवा प्रदान गरिने छ ।

करीब १५ लाखको लगानीमा क्लिनिक संचालनमा ल्याइएको हो । क्लिनिकमा आयुर्वेदीक फिजिसियन डा. ज्योतीकुमारी ठाकुरले सेवा प्रदान गर्ने छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives