गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादन बारे छलफल

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७७
krishi

पोखरा, १० फागुन । गण्डकी प्रदेशको खाद्य अवस्था र उत्पादनका बारेमा पोखरामा छलफल भएको छ ।

प्रदेशको खाद्य अवस्था, उत्पादनमा देखिएको समस्या र चुनौतीका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा खाद्यान्न, दलहन, तेलहन र फलफुलमा आत्मनिर्भर बनाउनका लागि किसान , कृषिफर्मसँग सरोकार राख्ने सरोकारवाला र विभिन्न मिडियासँग सम्बन्धित पत्रकार, कृषि प्राविधिक सहभागी थिए ।

कार्यक्रममा कृषि विकास निर्देशनालयका निमित्त कृषि विकास निर्देशक बासुदेव रेग्मीले गण्डकी प्रदेशको कृषि विकासको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक कालीप्रसाद उपाध्याय, पत्रकार कुलराज चालिसे, पत्रकार रामचन्द्र बरालले गण्डकी प्रदेशको कृषि पत्रकारिता, समस्या र दिगो विकासका सम्भावनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका सहभागीहरुले विगतका कमीकमजोरीलाई सुधार गरी किसानहरुलाई उत्पादन बृद्धिका लागि सबै पक्षबाट सकारात्मक सुझाव, सल्लाह र सहयोग गरी अघि बढ्नुपर्ने औल्याएका थिए ।

त्यस अवसरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सचिव सवनम सिवाकोटीले कृषि क्षेत्रका समस्या निराकरण गर्ने गरी आफूले काम अघि बढाउने उल्लेख गरिन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives