पोखरा भाँडा व्यवसायी संघद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

राष्ट्र न्यूज सम्वाददाता
फागुन ८, २०७७
bhada

पोखरा, ८ फागुन । पोखरा भाँडा व्यवसायी संघले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

संघले पोखरा १२ स्थित सरस्वती प्राविका एक सय ५३ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा संघका सल्लाहकार कुश कार्कीले ५ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए । त्यस्तै, सल्लाहकार राजमान ताम्राकार, सदस्य दिलमाया प्रजापति र फोटोग्राफर अशोक तण्डुकारले ३ जना विद्यार्थीलाई विद्यालय पोशाकका लागि जनही ३÷३ हजार सहयोग गरेका थिए ।

कार्यक्रममा बोल्दै पोखरा १२ का वडा अध्यक्ष रामबहादुर कार्कीले व्यवसायीले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताए ।

त्यस अवसरमा सल्लाहकार कुश कार्की, निवर्तमान अध्यक्ष बलराम तिमिल्सिना, कार्यक्रम संयोजक सुनकुमारी गुरुङ, महासचिव लक्ष्मीप्रसाद अधिकारी, विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटले बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष नरेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives