काठमाडौँ, ७ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथिको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । अदालतले सहयोगीका रूपमा झिकाएका एमिकस क्युरीको बयान पनि सकिने चरणमा पुगेको हो ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीका तर्फबाट अधिवक्ता गीता पाठक संग्रौलाले आफ्नो राय राखेपछि सो मुद्दामाथिको बहस आज सकिने भएको छ । उक्त मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा पाठकले बहस गरेकी हुन् ।
पाठकले संविधान भन्दा माथि कोही पनि नरहेको बताइन् । संविधान कोमामा रहेको भन्ने प्रसंग यसअघि इजलासमा उठेको स्मरण गर्दै उनले संविधान कोमामा पुग्दा सबै कोमामा पुगेको धारणा राखिन् ।
प्रतिनिधि सभा विघटन गर्ने निर्णय सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिका विषयमा पनि प्रश्न उठेको भन्दै उनले सबै संविधान अनुसार चल्नुपर्ने बताइन् । पाठकको बहस सकिएपछि इजलास निर्णय सुनाउने प्रक्रियामा जानेछ ।
यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सोको विरोधमा सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएका थिए ।
उक्त रिट निवेदनमाथि पहिलो सुनुवाइ गर्दे प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई प्रतिनिधि सभा विघटन गर्नुको लिखित जवाफ पेस गर्न र राष्ट्रपति कार्यालयलाई विघटनको निर्णयको सक्कल फाइल उपलब्ध गराउन आदेश दिएका थिए ।
माघदेखि संवैधानिक इजलासमा जारी सुनुवाइमा साढे तीन सय बढी कानुन व्यवसायीले प्रतिनिधि सभा विघटनको विपक्षमा बहस गरेका थिए । दुई महिना लामो बहसपछि अब अर्को हप्ता प्रधानन्यायाधीश राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
४७ करोडमा बन्ने रुपा रिङरोड दोस्रो खण्डको शिलान्यास
मन्त्री केसीद्धारा चौर अम्बोट झोलुंगे पुलको उद्घाटन
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम
सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सापकोटालाई
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
Archives
Archives