अदालत जे भन्छ, काँग्रेस त्यहि गर्छ – देउवा

अदालतको फैसला भन्दै नेतृत्व गैरजिम्मेवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ

राष्ट्र न्यूज सम्वाददाता
फागुन ६, २०७७
magar

पोखरा,६ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै काँग्रेस अगाडि बढ्ने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेश सम्मेलनको पोखरामा आज उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।संसद पुनस्र्थापना वा निर्वाचन जे फैसला हुन्छ त्यसै अनुसार काँग्रेस अगाडि बढ्ने उनको भनाइ छ ।

नेकपाका दुई समूहले दिनहुँ प्रदर्शन गरिरहेको प्रति संकेत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अदालतलाई जुलुस, ¥याली प्रदर्शन गरी प्रभावित पार्न नहुने बताए ।

‘ओली र प्रचण्डले जस्तो पैसा खर्च गरेर ठुला ठुला सभा गर्ने सोचमा काँग्रेस नरहेको भन्दै उनले भने, लोकतन्त्रका लागि लडेको काँग्रेसले पैसा खर्च गरेर ठुलो भिड देखाउने पक्षमा छैन ।’

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रका लागि लडेको पार्टीले अदालतको फैसला भन्दै नेतृत्व गैरजिम्मेवार बन्न नहुने बताए ।

उनले अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही आधारमा फैसला गर्नुपर्नेमा जोड दिए । संविधान रक्षाका लागि निर्वाचन नभै संसदको पुनस्र्थापना हुनुपर्ने उनको भनाइ छ ।

नेता पौडेलले पार्टी सभापतिप्रति लक्षित गदै पार्टीका नेताले जनतालाई दोधारमा पार्दै बोल्दै हिड्ने गरेको आरोप समेत लगाए ।

उनले संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जाने खतरा रहेको उल्लेख गरे ।

कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठले ओलीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्पm धकेलेको आरोप लगाए ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…