पोखरा, ५ फागुन । शुक्ला गण्डकी नगरपालिका वडा नं १ सेराबेँसीमा यही पुसदेखि सञ्चालनमा आएको विशेष स्वास्थ्य सेवा केन्द्रमा करीब ३० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।
समाजसेवी लेखनाथ पन्थी तथा अनिल पन्थीले स्वास्थ्य सामग्री महिला स्वास्थ्य स्वयं सेविका मधुमाया पन्थीले हस्तान्तरण गरे ।
कार्यक्रममा शुक्ला गण्डकी नगरपालिका वडा नं १ का वडा अध्यक्ष रविचन्द्र पौडेलले स्वास्थ्य सेवालाई सर्वसाधारणको सहज पहुँचका लागि सेराबेँसीमा विशेष स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
केन्द्रबाट प्रत्येक हप्ताको सोमबार र बिहीबार एक जना अहेब तथा एक जना अनमीले स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
Related News
सम्बन्धित समाचार
सच्चाइमा सम्मान
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह