सफल म्याराथनलाई वडावासीको साथ

राष्ट्र न्यूज सम्वाददाता
माघ २६, २०७७
1 (1)

पोखरा २६, माघ । पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता २०७७ लाई सफल पार्न पोखरा महानगरपालिका वडा नम्बर १ का वडावासीले साथ दिने भएका छन् ।

प्रतियोगिता फागुन १ गते हुने छ ।पोखरा महानगरपालिका वडा नम्बर १ मा वडा अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा सोमबार बसेको विभिन्न संघ संस्थाहरुको बैठकमा सहभागीहरुले प्रतियोगिता सफल पार्न जागरुक भएको जनाएका हुन् ।

पोखरा म्याराथन समग्र पोखरा र नेपाल चिनाउने खेलकुदको राम्रो माध्यम भएकोले आफ्नो क्षेत्रबाट धावकहरुलाई यसवर्ष पनि थप प्रभावकारी ढंगले स्वागत सत्कार गर्ने वडा अध्यक्ष पराजुलीले बताइन् ।

कोरोनाले प्रभावित भएको समग्र खेलकुदलाई चलायमान बनाउन पनि यसवर्षको सफल पोखरा म्याराथनले थप उर्जा थप्न विभिन्न संघ संस्थाहरुसंग सहकार्यको लागि छलफलमा जुट्दै गरेको भूतपुर्व खेलाडी मञ्च नेपालका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

छलफल कार्यक्रममा वडा सचिव कुलप्रसाद पौडेल, सदस्य सहारा प्रधान, संघ संस्था समन्वय समितिका संयोजक तिलक केसीलगायतले पोखरा म्याराथन सफल पार्न आफ्नो क्षेत्रबाट सहयोग गर्ने जनाए ।

म्याराथनसहित महिलाहरुको लागि २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता समेत हुने भएको छ । ४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख, उपविजेताले १ लाख तथा तेस्रो हुने खेलाडीले ७५ हजार र सान्त्वना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यसैगरी महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र सान्त्वना हुनेले १५ हजार नगद प्राप्त गर्ने छन् ।

कोभिड—१९ ले गर्दा अन्य विभिन्न इभेन्टका दौड प्रतियोगितालाई विभिन्न चार चरणमा हुने मिति तय गरिएको छ ।

त्यसै १० किलोमिटर महिला तथा पुरुषतर्फको दौड प्रतियोगिता चैत १४ गते, फागुन २२ गते महिला तथा पुरुषतर्फको ह्विल चियर दौड प्रतियोगिता र आउँदो वैशाख ४ गते मञ्चको वार्षिकोत्सको अवसरमा ५ किलोमिटर विद्यालय स्तरीय छात्र÷छात्रा दौड प्रतियोगिता हुने भएको छ ।

तर रन फर फनको कार्यक्रम कोभिड—१९ ले गर्दा नहुने भएको मञ्चले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…
  •  यूएसए, इजिप्ट र पाकिस्तान बने ‘बेस्ट डेलिगेट’

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । तीन दिनसम्म भएको पोखरा एमयूएन सकिएको छ । युथ थिंकर्स सोसाइटी पोखराको आयोजनामा शुक्रबारदेखि भएको संयूक्त…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…