पोखरा, २४ माघ । पोखरा १३ स्थित जलेश्वर बहुउद्देश्यीय सर्वहित युवा उपसमिति र नवदुर्गा युवा क्लबले शनिवार संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् ।
‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भज्याङ्मा आयोजित कार्यक्रममा ७७ जनाले रक्तदान गरेको क्लबका सल्लाहकार सन्तोष क्षेत्रीले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पहिलो रक्तदाता बुद्विराज बराललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा निर्देशक डा. आचार्यले रक्तदान गर्दा स्वास्थ्यमा हानि नहुने बताए ।
त्यस अवसरमा नेपाली काँग्रेस पोखरा १३ वडा कार्य समितिका सभापति विष्णुप्रसाद बराल, राष्ट्र न्यूज डट कमका नवीन सिग्देल, युवा नेता दीपक गुरुङ, विनायक फर्माका संचालक नारायण बराल, युवा उपसमिति संयोजक नवीन बराल, कोषाध्यक्ष सृष्टि बराल, सदस्य शम्भुबहादुर बरालले बोलेका थिए ।
कार्यक्रम जलेश्वर बहुउद्देश्यीय सर्वहित समाजका अध्यक्ष भिमबहादुर बरालको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने