पोखरा, २४ माघ । संसद विघटनको विरोधमा शनिवार देशभर प्रदर्शन गरिएको छ ।
नेपाली काँग्रेसका शुभेच्छुक संघसंस्थाले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।
पोखरा पनि पृथ्वीचोकदेखि सृजनाचोकसम्म प्रदर्शन गरिएको नेपाल प्रेस युनियन कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए ।
प्रदर्शनपछि सृजनाचोकमा आयोजित विरोध सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले प्रधानमन्त्रीको अलोकतान्त्रिक र असंवैधानिक कदम विरुद्व सबै नेपाली एकजुट हुनु पर्ने बताए । उनले कम्युनिष्टले सडक र सत्ताबाट आतंक मच्याएको बताए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले सर्वसत्तावाद विरुद्व काँग्रेसले जनताका बीचमा संघर्ष जारी राख्ने बताए ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सभापति विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष शंकरबहादुर खत्रीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित