याङ्जाकोटको आन्दोलनमा काँग्रेसको ऐक्यवद्वता

राष्ट्र न्यूज सम्वाददाता
माघ २३, २०७७
yanjakot

पोखरा, २३ माघ । मादी गाउँपालिकाको केन्द्र सार्न लागिएको विरुद्ध सञ्चालित आन्दोलनमा नेपाली काँग्रेस कास्कीले ऐक्यवद्वता जनाएको छ ।

स्थानीय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरीत गाउँपालिकाको केन्द्र याङ्जाकोटबाट अन्यत्र लैजान प्रदेश सरकारलाई सिफारिस गरेको भन्दै त्यस विरोधमा आयोजित विरोध सभामा सहभागी भई काँग्रेसले ऐक्यवद्वता जनाएको हो ।

नेपाली काँग्रेसका नेता एवम् पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, नेपाली काँग्रेसबाट निर्वाचित मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, मादी गाउँपालिका लेखा समिति संयोजक सरोज केसी, युवा नेताहरू मादी १ का देवीजंग गुरुङ, मादी २ का भोजबहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ विरोध सभामा सहभागी भएर आन्दोलनमा एक्यवद्धता जनाएका थिए ।

विरोध सभामा पूर्व कानून मन्त्री यज्ञवहादुर थापाले कानूनमा रहेर स्थानीय तह सञ्चालन हुनुपर्ने भन्दै गलत प्रवृतिका विरुद्ध सबै एक हुनुपर्ने बेला भएको बताए ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रक्रिया मिचेर गाउँपालिकाले केन्द्र सिफारिस गरेको भन्दै आपत्ती जनाए ।

याङ्जाकोट संयुक्त संघर्ष समितिका संयोजक नारायण गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मादी ८ का वडाध्यक्ष यमबहादुर गुरुङ, गाउँपालिकाका लेखा समिति संयोजक सरोज केसी, नेकपा मादी ३ का अध्यक्ष जेमप्रसाद गुरुङ, संघर्ष समितिका सल्लाहकार मीनबहादुर गुरुङ, नेपाली काँग्रेस मादी गाउँपालिकाका सभापति देवीजंग गुरुङ, मादी ५ का वडाध्यक्ष रतनबहादुर गुरुङ, मादी ३ का वडाध्यक्ष मनबहादुर गुरुङ, याङ्जाकोट तमु समाजका अध्यक्ष चन्द्र बहादुर गुरुङ, युवा नेता अर्जुन गुरुङ, मादी १ का देवीजंग गुरुङ, मादी २ का भोजबहादुर गुरुङ, मादी ६ का विशाल गुरुङ, स्थानीय श्याम गुरुङ, रेनुका गुरुङ र खड्का गुरुङलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives