पोखरा, २३ माघ । पोखरा १३ निवासी नेपाली काँग्रेस क्रियाशील सदस्य राधादेवी बरालको ६३ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
बराल लामो समयदेखि दम र निमोनियाबाट प्रभावित थिइन् । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनका २ छोरा, २ छोरी छन् ।
जेठा छोरा विष्णु बराल(मिलन) काँग्रेस क्रियाशील सदस्य हुन् । कान्छा छोरा किरण बराल नेपाल विद्यार्थी संघ कास्कीको पूर्व उपसभापति र युवा व्यवसायी हुन् ।
स्व बरालको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सचिव देवेन्द्र रानाभाटले पार्टीले चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेका थिए ।
उनको पार्थिव शरीर बिहीबार नै पोखराको सेती नदी किनारमा अन्त्येष्टि गरिएको छ ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, प्रदेश सभापति कृष्ण कोइराला र वडा कार्यसमिति सभापति विष्णु बरालले छुट्टाछुट्टै शोक विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
Related News
सम्बन्धित समाचार
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान