हेमजा, २२ माघ। लियो क्लब अफ हेमजाले पोखरा २५ हेमजा लामपाटास्थित मानव सेवा आश्रममा खाद्यान्न, फलफूललगायतका सामग्री वितरण गरी छैटौं स्थापना दिवस मनाएको छ ।
सन् २०१५ मा सुर्य राज त्रिपाठीको अध्यक्षतामा गठित लियो क्लब अफ हेमजाले छैटौं बर्ष पार गरेको छ ।
लियो क्लब अफ हेमजाकी प्रथम उपाध्यक्ष सविना तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मानव सेवा आश्रम अभिभावक समिति संयोजक मदन थापाले सहयोगप्रति आभार व्यक्त गरे ।
कार्यक्रमका लागि पोखरा २५ हेमजा सुईखेत घर भई हाल जापान निवासी प्रेम दाहाल , शुशील आचार्य दाहाल, नवराज पौडेल, सन्तोष जिसीले सहयोग गरेका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक निराजन अधिकारी, सदस्य सपना तिमिल्सिना, कोषाध्यक्ष अमृता थापा, श्रुति बास्तोलाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
लमजुङका ७६ प्रतिशत पानीमा इकोली
नेल्टाको तालिम शुरु
कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय
विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह
एकता सामुदायिक क्लबको अध्यक्षमा गणेश