पोखरा, २० माघ । जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २(क) कास्कीले गरीब तथा विपन्न परिवारलाई कम्बल हस्तान्तरण गरेको छ ।
रुंगटा वेलफेयर सोसाईटी, एम. के बिल्डर्स र अटल सिमेन्ट प्रालिको सहयोगमा २० विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो । कार्यक्रममा एक जना अपाङ्गता भएका व्यक्तिलाई एक थान व्हिल चेयर सहयोग गरिएको थियो ।
कार्यक्रममा संविधान सभा सदस्य एवं जीपी कोइराला फाउण्डेशन गण्डकी प्रदेश संयोजक शारदा पौडेलले सरकार जनताप्रति गैरजिम्मेबार बनिरहेको उल्लेख गरिन् ।
समाजसेवी चन्द्रकान्त बरालले विभिन्न संघसंस्थाको सहयोगमा सहयोग अभियान जारी राख्ने बताए ।
कार्यक्रममा जीपी कोइराला फाउण्डेशन कास्कीका संयोजक यादवराज अधिकारी, सहसंयोजक विजयराज आचार्य, सदस्य विरेन्द्रनारायण बिजुक्छे, नेपाली काँग्रेस कास्कीका सदस्य युवक लामिछाने, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, समाजसेवी खड्क हमालले बोलेका थिए ।
जीपी कोइराला फाउण्डेशन क्षेत्र नं २ (क) कास्कीका संयोजक श्रीबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रम फाउण्डेशन क्षेत्र नं २ सचिव शिवराज बास्तोलाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल