पोखरा, १३ माघ । पोखरामा सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्ष्टिच्यूट सञ्चालनमा आएको छ ।
गुरुङ ब्युटी पार्लर एण्ड एकेडेमी प्रालिमार्फत्् सौन्दर्यविद् चिनु गुरुङले महेन्द्रपुलमा सो इन्ष्टिच्युट सञ्चालनमा ल्याएकी हुन् ।
सौन्दर्य क्षेत्रमा आफ्नो २५ वर्षको लामो अनुभवसँगै समयको मागलाई ध्यानमा राखी उनले करीब ३० लाखको लगानीमा शाखा सञ्चालनमा ल्याएको बताइन् । विदेश अध्ययन गर्न जानेहरुमा पछिल्लो समय सौन्दर्य सीपको माग भएकाले इन्ष्टिच्यूट खोलिएको सञ्चालक गुरुङको भनाइ छ ।
पोखरा न्युरोडमा प्रधान कार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु सञ्चालनमा छन् । जसमा ४६ जनाले रोजगार पाएका छन् ।
व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पीडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्युनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।
अभिनेत्री आँचल शर्माले सो शाखा उद्घाटन गरिन् ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले यो व्यवसायबाट पोखराले सौन्दर्य क्षेत्रमा फड्को मारेको बताए ।
संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले उद्यमी महिलाहरुका लागि सुनौलो अवसर रहेको बताए ।
Related News
सम्बन्धित समाचार
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
महिला पुरुष सचेतना कार्यक्रम
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त