निराजन अधिकारी
हेमजा, १२ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोक निवासी मृर्गौला पिडित १९ वर्षीया सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ ।
मृर्गौला पिडित सुस्मिता परियार बचाउँ अभियान समितिद्धारा संकलित ३ लाख ८८ हजार सात सय एक रुपैयाँ हस्तान्तरण गरिएको हो ।
हालसम्म समितिले १३ लाख २१ हजार ६ सय ७२ रकम संकलन गरेको र अन्य रकम विगतमा समितिको सहकार्यमा सहयोगीदाताहरुको उपस्थितिमा पिडित परिवारलाई हस्तान्तरण गरिएको संयोजक संजय लम्सालले जानकारी दिए ।
कार्यक्रममा वडा न. ३ का वडाध्यक्ष सुर्यप्रसाद लम्सालले राज्यले नागरिकको स्वास्थ्यको जिम्मा लिनु पर्नेमा राज्यले नसकेकाले सहयोग जुटाउनु परेको बताए ।
कार्यक्रममा काँग्रेस नेतृ टेकन शोभा गुरुङले २१ हजार, जनता समाज पार्टी माछापुच्छे गाउँपालिकाका अध्यक्ष जगत गुरुङले २२ हजार एक सय पाँच रुपैया सहयोग गरेका थिए । सहयोग अभियानमा हाल जापान रहेका जी.एम रानाभाटले सहजीकरण गरेका छन् ।
पिडितका बुबा सुरेश परियारले छोरीले पुर्नजन्म पाउँने आशा गर्दै थप सहयोगको अपिल गरेका छन ।
समितिका संयोजक संजय लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गादत्त लम्सालले स्वागत र रुद्र रानाभाटले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान