पोखरा, ९ माघ । नेपाली काँग्रेसकी महिला नेतृ रङ्गिला आचार्यले पोखरा २० का कृषकलाई कोदालो सहयोग गरेकी छन् ।
सरकारले संसद विघटन गरे विरुद्व काँग्रेसले भलाममा आयोजना गरेको विरोध सभामा उनले कृषकलाई सहयोग गरेकी हुन् ।
कास्की काँग्रेसकी सहसचिव समेत रहेकी नेतृ आचार्यले कृषी प्रधान देशका कृषकलाई प्रोत्साहन गर्नका लागि एक सय बढी कृषकलाई कोदालो सहयोग गरेकी हुन् ।
कार्यक्रममा उनले त्यस क्षेत्रका ज्येष्ठ नागरिकलाई न्यायो पछ्यौरा ओढाएर सम्मान गरेकी थिइन् ।
नेतृ आचार्यले कोरोना महामारीको बेला विभिन्न वडामा आपतमा परेकाहरुलाई खाद्यान्न सामग्री तथा विभिन्न संघ संस्थालाई मास्क, सेनिटाइजर पनि सहयोग गरेकी थिइन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेतृ आचार्यले राजनैतिक र कोरोनाको संकटमा देश परेको भन्दै चिन्ता व्यक्त गरे । सरकारको गैरजिम्मेवारीका कारण देश संकटमा परेको उनको भनाइ छ ।
नेपाली काँग्रेस पोखरा २० वडा कार्यसमिति सभापति तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का कोषाध्यक्ष महेन्द्र अधिकारी, युवा नेता जीवन बास्तोला, इकाइ सहसभापति सूर्यबहादुर थापा, उपसभापति तोरण गुरुङ, पूर्व सभापति क्या. गङ्गाबहादुर खत्री, सचिव शेषकान्त आचार्य, कोषाध्यक्ष लक्ष्मी तिमिल्सिनाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल