उज्वल टोल विकास संस्थाको अधिवेशन

राष्ट्र न्यूज सम्वाददाता
माघ ६, २०७७
Ujol

पोखरा, ६ माघ । पोखरा १३ स्थित उज्वल टोल विकास समितिको सम्पन्न तेस्रो अधिवेशनले आगामि ३ वर्षका लागि बुद्विप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव गंगाधर बास्तोला, कोषाध्यक्ष आरति सापकोटा, सहकोषाध्यक्ष विष्णुकुमारी परियार छन् ।

सदस्यमा रुपा गुरुङ, गोरे गुरुङ, कुलबहादुर विक, अमृता विक, गंगा रानाभाट, टेकबहादुर परियार र अस्मिता बराल छन् ।

अधिवेशन उद्घाटन गर्दै पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङले टोलमा बाँकि रहेको ढलान निर्माण कार्य यसै आर्थिक वर्षमा पूर्णता दिने प्रतिवद्वता व्यक्त गरे ।

आर्वा खानेपानी समूहका अध्यक्ष नारायणप्रसाद बरालले टोलमा पिउँने पानिका लागि धारा उपलब्ध गराउने उल्लेख गरे ।
त्यस अवसरमा संस्थाका सचिव गंगाधर बास्तोलाले टोलको विकासमा पु¥याएको योगदानको कदर गर्दै टोलबासीले सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेन्द्र क्षेत्री र पाटनबेसी टोल विकास संस्थाका सचिव भिम केसीले पनि बोलेका थिए ।

संस्थाका अध्यक्ष बुद्विप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य मायाकुमारी रानाभाटले स्वागत र सचिव गंंगाधर बास्तोलाले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives