पोखरा, ४ माघ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले अन्नपूर्ण गाउँपालिका स्तरीय समिति गठन गरेको छ ।
समितिको अध्यक्षमा कविराज पौडेल, उपाध्यक्षमा गोविन्द कुँवर, सचिवमा लिलाधर अधिकारी, सह सचिवमा वुद्धिमाया लुईटेल र कोषाध्यक्षमा मधुकर सुवेदी छन् ।
समितिको सदस्यमा होमनाथ भण्डारी, होमनाथ अधिकारी, राजेन्द्र पौडेल, हरिलाल डागी, मिलन पौडेल, वलराम सुवेदी, ढाकामोहन अधिकारी, होमनाथ सुवेदी, बलबहादुर राना छन् ।
समिति घोषणा कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख युवराज कुँवरले गाउँपालिका मासुजन्य उत्पादनमा आत्मनिर्भर रहेको बताए । उनले पशु स्वास्थ्य प्राविधिकको सीप र क्षमता अभिवृद्विका लागि सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।
नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले मुलक भित्र युवाहरुका लागि रोजगारीको वातावरण निर्माण गरी विदेश पलायन हुन रोक्नुपर्ने बताए ।
नेल्टा केन्द्रीय महासचिव सुरेश श्रेष्ठले संगठन विस्तार अभियानलाई तिव्रता दिइएको जानकारी दिए ।
त्यस अवसरमा नेल्टा गण्डकी प्रदेश संयोजक सहदेव पौडेल, नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका सदस्य वलराम भुगाईले बोलेका थिए ।
नेल्टा कास्की अध्यक्ष बसन्त कोईरालाको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव प्रकाशरमण अधिकारीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?
लेखनाथका ६ पसलमा महानगरको अनुगमन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई