पोखरा, २४ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा गर्ने प्रदर्शनको तयारी पूरा भएको छ ।
काँग्रेसले शनिवार तीन सय ३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्न लागेको हो । कास्कीका प्रदेश समितिहरुले आ आफ्नो क्षेत्रमा गर्ने प्रदर्शनको तयारी पूरा गरेका छन् ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदेश सभा क्षेत्र केन्द्रीत भएर प्रदर्शनमा सहभागी हुन आव्हान गरेका छन् ।
कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन हुने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट प्रदर्शन शुरु हुने छ ।
Related News
सम्बन्धित समाचार
अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम
एन प्याव्सनको अन्तरविद्यालय हाजिरजवाफ प्रतियोगिता शुरु
करेन्ट लगाएर माछा मार्ने क्रममा तामाङको मृत्यु
गुरुङ भाषाको चलचित्र ‘शिरसुबा’ को विशेष प्रदर्शन हुने
प्रधानमन्त्री ओली पोखरा आउँदै