राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व बरालको निधन, काँग्रेसद्वारा दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
पौष १८, २०७७
kirtiraj baral

पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ ।

नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो ।  उनको शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र क्षेत्र नं १ का सभापति विर्जमान गुरुङले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । श्रद्वाञ्जली अर्पणका लागि काँग्रेसका नेता तथा कार्यकर्ता, शुेभेच्छुक र आफन्त पुगेका थिए ।

उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । जेठा छोरा शंकर बराल हाल बर्दीयाको जिल्ला न्यायधिश, माईला छोरा भवसागर बराल काँग्रेस नेता र अर्का छोरा बुद्विराज बराल प्राइम बैंकको प्रबन्धक हुन् ।

यसैबीच, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ ।

दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • महिला पुरुष सचेतना कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०७९
    पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न…
  • संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने

    राष्ट्र न्यूज सम्वाददाता माघ ९, २०७९
    पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको…
  • विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०७९
    पोखरा, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । विविध कार्यक्रम अन्तर्गत…
  • शव कुर्दै आफन्त

    राष्ट्र न्यूज सम्वाददाता माघ २, २०७९
    पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ। पोखरामा आइतबार…
  • आँखा शिविरबाट दुई सय २० जना लाभान्वित

    राष्ट्र न्यूज सम्वाददाता पौष २७, २०७९
    पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय…