पोखरा, ४ पुष । लायन्स क्लव अफ पोखरा माउण्टेन भ्यू सिटिले पोखरामा शनिबार खुल्ला रक्तदान गरेको छ ।
रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा पोखराको महेन्द्रपुलमा गरिएको कार्यक्रममा ५१ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक दीपक कुँवरले जानकारी दिए ।
लायन्स क्लवका पिएमसीसी दीपक श्रेष्ठले पहिलो रक्तदाता कविन्द्र पोखरेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
क्लवका अध्यक्ष हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रक्तदान डिपार्टमेण्ट चिफ बालाकृण्ण शर्मा, निवर्तमान अध्यक्ष बलराम आचार्य, लायन्स क्लवका रिजन चियर मदन केसी, जोन चियर पर्सन श्रीकृष्ण कतिला, सहसचिव विष्णु बाँस्तोला, कार्यक्रम संयोजक दीपक कुँवर लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
आगलागी हुँदा घर नष्ट
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता