प्रेस युनियन कास्कीद्वारा गण्डकी पार्षद् लौडारीलाई पितृशोक परेकोमा दुःख व्यक्त

राष्ट्र न्यूज सम्वाददाता
मंसिर २८, २०७७
laudarai buwa

पोखरा २८ मंसिर। नेपाल प्रेस युनियन गण्डकी प्रदेश पार्षद् हिमनिधि लौडारीलाई पितृशोक परेको छ ।

उनका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो । नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ ।

अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको परिवार श्रोतले बताएको छ ।

तनहु जिल्ला भानुनगरपालिका वडा नं १० लामास्वाँरा निवासी स्व गंगाराम लौडारीका श्रीमती , दुई छोरा पत्रकार हिमनिधि लौडारी र भरत लौडारी , दुई बुहारी , दुई छोरी र ८ जना नातिनातिना छन् ।

जेठा छोरा हिमनिधि हिमदूत दैनिकका प्रबन्ध सम्पादक, जेठी बुहारी रबीना आले लौडारी प्रेस युनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेसन मेनेजर र अर्का छोरा भरत लौडारी प्रेस युनियन कास्कीका साधारण सदस्य हुन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै