पोखरा, २२ मंसिर । कुँडहर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले आगामि तीन वर्षका लागि विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा शिवबहादुर थापा, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् ।
सदस्यमा आनन्दी राणा(कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी छन् ।
त्यस्तै राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ।
यसअघि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले साधारणसभा उद्घाटन गरेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य सङ्गिता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा सुररिवेक्षण समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समितिका अध्यक्ष शान्तबहादुर थापा र शेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले बोलेका थिए ।
साधारणसभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो ।त्यस अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो ।
सहकारीका कार्यवाहक सभापति विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दया बरालले स्वागत र सचिव शिवबहादुर बरालले संञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने