पोखरा, १३ मंसीर । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालय स्तरीय नेपाली वक्तृत्वकला प्रतियोगितामा रत्नज्योति सेकेन्डरी स्कुलकी छात्रा अमृता अधिकारी प्रथम भएकी छन् ।
प्रतियोगितामा राइजिङ स्टार एकेडेमीकी छात्रा खुशी विक द्धितीय, पोखरा क्याम्ब्रीज इङ्लीस स्कुलकी छात्रा सन्जना मगर तृतीय र अक्सफोर्ड स्कुलकी छात्रा रोशनी शर्मा सान्त्वना भएको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।
शैक्षिक क्षेत्रमा कोभिड १९ को प्रभाव विषयमा राखिएको वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा प्रा.डा.लक्ष्मीशरण अधिकारी, डा.कपिल अधिकारी र दिनेश अर्याल रहेका थिए ।
प्रतियोगितामा नेशनल प्याव्सन कास्कीमा आवद्ध विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा विजयी विद्यार्थीलाई मायाको चिनो र ट्रफी प्रदान गरिएको थियो ।
कोभिड १९ का कारण लामो समयसम्म विद्यालय बन्द भएको अवस्थामा विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराई विद्यार्थीको मनोबल उकास्ने हेतुले प्रत्यक्ष प्रतियोगिताको आयोजना गरिएको सह क्रियाकलाप प्रमुख राजु केसीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराएर कोभिड १९ को बारेमा जानकारी दिने गरी गरेको यो प्रतियोगिता नेपालकै उदाहरणीय भएको बताए ।
नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले भाषाको विकास गर्न वक्तृत्वकला कोषेढुड्डा सावित हुने बताए ।
निर्णायक प्रा.डा. कपिल अधिकारीले विद्यार्थीको क्षमता अभिवृद्धिमा एन प्याव्सन कास्की अग्रणी भूमिकामा रहेको बताए ।
निर्णाणक डा.कपिल अधिकारीले समयसान्दर्भिक विषयको उठान गरेर विद्यार्थीलाई यस विषयमा सचेत गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
निर्णायक दिनेश अर्यालले यो कोभिड १९ का कारण घर भित्रै रहेका विद्यार्थीलाई प्रत्यक्ष सहभागिता गराएर कार्यक्रम गरेको यो पहिलो भएको बताए ।
नेशनल प्याव्सन कास्कीका द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले प्रत्यक्ष रुपमा सञ्चालन भएको प्रतियोगिताले सुसुप्त रहेको शैक्षिक जगतमा उर्जा थप्ने काम गरेको बताए ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य शिवराज पौडेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने
रेडियो बाराहीका प्रबन्ध निर्देशक पौडेललाई मातृशोक
हिल प्वाइन्ट मा.विमा अभिभावक दिवस
कास्कीमा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण बढ्दो
Archives
Archives