युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

राष्ट्र न्यूज सम्वाददाता
मंसिर ८, २०७७
received_396959678342381

पोखरा, ८ मंसिर । युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ ।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने  निर्णय गरेको हो ।

इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुन् । २०५९ मा पत्रकारिता सुरु गरेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिव छन् ।

यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।

यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सच्चाइमा सम्मान

    राष्ट्र न्यूज सम्वाददाता असार १९, २०७९
    पोखरा, १९ असार । ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपाल पोखरा १३ काँहुखोला शाखाले शनिवार सम्मान कार्यक्रम गरेको छ…
  • लमजुङका ७६ प्रतिशत पानीमा इकोली

    रासस असार १८, २०७९
    लमजुङ, १८ असार (रासस)ः पहाडी जिल्ला लमजुङका ७६ प्रतिशत खाने पानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ । जिल्लाका…
  • नेल्टाको तालिम शुरु

    राष्ट्र न्यूज सम्वाददाता असार १३, २०७९
    पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान…
  • कास्की काँग्रेसको बैठक, विभिन्न निर्णय

    राष्ट्र न्यूज सम्वाददाता असार १२, २०७९
    पोखरा, १२ असार । नेपाली काँग्रेस कास्कीको शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त…
  • विपद्जन्य घटनामा सजगता अपनाउन महानगरको आग्रह

    रासस असार १२, २०७९
    कास्की, १२ असार (रासस) :अविरल वर्षापछि पोखरा महानगरपालिकाका विभिन्न स्थानमा डुबान तथा पहिराले भौतिक क्षति भएपछि वर्षाका कारण आउन सक्ने…