पोखरा, ७ मंसिर । नेपाली काँग्रेस पोखरा २२ वडा इकाइ समितिले पुम्दीभुम्दीमा शोक सभा गरेको छ ।
इकाइ सभापति देउकाजी गुरुङका बुबा बुद्विबहादुर गुरुङ र क्रियाशील सदस्य बुद्विराम परियारको स्मृतिमा शोक सभा गरिएको कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
शोक सभामा कास्की काँग्रेसका नेता तथा स्थानीय कार्यकर्ता सहभागी थिए । शोक सभामा बोल्दै नेता खेमराज पौडेलले पार्टीका लागि योगदान गर्नेलाई सदैव सम्मान गर्नुपर्ने उल्लेख गरे ।
कास्की काँग्रेस सचिव सुदीपमोहन भट्टराईले नेता तथा कार्यकर्ताको सामूहिक प्रयासबाट काँग्रेसलाई शक्तिशालि पार्टी बनाउनुपर्नेमा जोड दिए ।
इकाइ उपसभापति चेतभक्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव होमप्रसाद बराल, पोखरा २२ वडा सदस्य ओमकुमारी गुरुङ, बुद्विबहादुर गुरुङका कान्छा छोरा रामबहादुर गुरुङ लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
आगलागी हुँदा घर नष्ट
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता