पोखरा, १५ कात्तिक । नेपाल मुस्लिम संघ कास्कीले राजधानीको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा भएको तोडफोड र आक्रमणको निन्दा गरेको छ ।
संघले सो घटना सिङ्गो नेपाली मुस्लिम समुदायमाथिको आक्रमण भएको ठहर गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।
संघका कास्की अध्यक्ष हारुन खानद्वारा हस्ताक्षरीत विज्ञप्तिमा सरोकारवाला सहित उच्चस्तरीय छानविन समिति गठन गरी सत्य तथ्य सार्वजनिक गर्न र क्षति पुगेको संरचना तत्काल पुर्ननिर्माण गर्न माग गरिएको छ ।
वर्तमान सरकार कुनै न कुनै रुपमा मुस्लिम समुदायप्रति पूर्वाग्रही रहेको अवस्था सो घटना पनि त्यसैको उपज भएको विज्ञप्तिमा उल्लेख छ ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल