पोखरा, १५ असोज । देवीलाल सापकोटा स्मृति समाजसेवा सम्मानबाट पोखरा २५ का शिक्षासेवी तथा समाजसेवी चुडामणि तिमिल्सिनालाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ पोखरा लालीगुँरासले प्रदान गर्ने सो सम्मान देवीलाल सापकोटाका परिवारले स्थापना गरेका हुन् । ं
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ बी वानका डिष्टिक गर्भनर मनबहादुर रोकाहा, संस्थापक परिवारका सदस्य हरिकला सापकोटा, केशवराज सापकोटा, प्रकाशचन्द्र सापकोटाले तिमिल्सिनालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेका थिए । यसअघि सो सम्मान गङ्गबहादुर कुँवरलाई प्रदान गरिएको थियो ।
समाजसेवामा लामो समय योगदान गरेका स्व. देवीलालको सम्झनाका लागि श्रीमती हरिकला सापकोटा र छोरा प्रकाशचन्द्र सापकोटाले क्लबमा एक लाख ११ हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए।
कार्यक्रम बोल्दै प्रमुख अतिथि गर्भनर रोकाहाले लायन्सले समाजसेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।
सम्मानित व्यत्तित्व चुडामणि तिमिल्सिनाले असल व्यत्तित्व देवीलालको स्मृतिमा संचालन गरिएको सम्मान ग्रहण गर्न पाउँदा खुशी लागेको बताए ।
त्यसअवसरमा देवीलालको स्मृतिमा पोखरा २५ हेमजास्थित दिव्यज्योती आधारभूत विद्यालयका ९९ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो ।
लायन्स क्लब अफ पोखरा लालीगुँरासका अध्यक्ष भरतराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष केशवशरण पौडेल, प्रथम उपाध्यक्ष कपिलदेव शर्मा र सचिव बसन्त बास्तोलाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल