पोखरा, १३ असोज । मादी गाउँपालिका वडा नं ८ कार्यालयले जनप्रतिनिधिलाई सूचना नै नगरी नेकपाले पूल निर्माणका लागि सरोकार समिति गठन गरेकोप्रति आपत्ती जनाएको छ ।
वडाध्यक्ष यमबहादुर गुरुङले मङ्गलबार प्रेस विज्ञप्ति प्रकाशित गरी वडा कार्यालयकै जनप्रतिनिधिको रोहवरमा सरोकार समिति गठन गर्नुपर्नेमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई थाहै नदिइ नेकपाले समिति गठन गरेकोप्रति आपत्ती जनाइएको छ ।
मादी गाउँपालिकाको पूर्वी भेक र लमजुङ पश्चिम भेकलाई प्रत्यक्ष सरोकार राख्ने मादी गाउँपालिकाको वार्दी खोला मोटरेवल पूल निर्माणका लागि नेकपाले एकलौटी गरेकोप्रति आपत्ती जनाइएको हो ।
विज्ञप्तिमा सो विषयमा गाउँपालिकाका अध्यक्षलाई समेत जानकारी गराइसकेको र सो समिति मान्य नहुने स्पष्ट पार्दै जनप्रतिनिधिको उपस्थितिमा आम भेला बोलाएर सरोकार समिति गठन गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते
क्रेनको ठक्करबाट पोखरामा महिलाको मृृत्यु
महानगरद्वारा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुसँग कार्यसम्पादन सम्झौता
विद्युतीय पार्श्वचित्र सम्बन्धी छलफल