पोखरा, ७ असोज । सर्वाेच्च नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत नेपाल तरुण दल कास्कीले विहीबार उपचार सहयोग हस्तान्तरण गरेको छ ।
तरुण दल कास्कीले कास्कीको रुपा गाउँपालिका वडा नं १ का न्यूरो सम्बन्धी विरामी वुद्विबहादुर विकलाई ३५ हजार पाँच सय रुपैया सहयोग गरेको हो ।
नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङले सहयोग हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेस कास्कीका नेता प्रकाशमोहन खनाल, नेतृ सरस्वती गुरुङ, गिमाया गुरुङ, तरुण दल कास्कीका सचिव नरेन थापा, युवा नेता कुमार सुनार, भानु ढकाल, अर्जुन गुरुङलगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने