पोखरा, २५ भदौ । नेपाली काँग्रेसका संस्थापक वीपी कोइरालाको १०७ औ जन्म जयन्तीको अवसरमा बाढीपहिरो प्रभावित परिवारलाई सहयोग गरिएको छ ।
यसैक्रममा नेपाली काँङ्ग्रेस पोखरा ११ र पोखरा २६ ले सहयोग हस्तान्तरण गरेको छ ।
पोखरा ११ काहँु बस्यारीस्थित प्रेम क्षेत्री र संगीता परियारको परिवारलाई नगद र जिन्सी गरी २० हजार बराबर सहयोग गरिएको हो ।
नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोलॉमधु’ ले सहयोग हस्तान्तरण गरेको इकाइ सचिव बसन्त कोइरालाले जानकारी दिए ।
त्यसै्गरी, पोखरा २६ मा बाढिपहिरो प्रभावित लोकबहादुर राइभाटलाई सहयोग हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले सहयोग हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेस पोखरा २६ का इकाइ सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका सचिवद्वय सुदिपमोहन भट्टराई, देवेन्द्र रानाभाट, सदस्य राजेन्द्रमणि लामिछाने, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, समाजसेवी ठाकुर रानाभाट, इकाइ सहसभापति रविन्द्र अधिकारी, उपसभापति राजेन्द्रकुमार रानाभाट र सचिव चिनिया थापाले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने