पोखरा, २२ भदौ । सरसफाइ सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले पोखराका युवाहरु सरसफाइ अभियानमा जुटेका छन् ।
हिल हिमालयज्को अगुवाइमा पोखराका विभिन्न डाडाँहरुमा सरसफाइ अभियान लगिएको छ ।
पोखरा नजिकका रमणीय डाडाँकाँडाहरु फोहोरका कारण दुर्गन्धित र प्रदुषित हुन थालेकाले सरसफाइ अभियान संचालन गरिएको हिल हिमालयज्का संयोजक रोशन गुरुङले बताए ।
‘डाडाँदेखि हिमालसम्म नै सरसफाइ गर्ने योजना छ, संयोजक गुरुङले भने, पहिलो चरणमा डाडाँमा रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै सरसफाइमा जुटेका छौं।’
युवाहरुले काहुँडाडाँ, रानीवन, शान्तिस्तुपा, सराङकोट, टाइगर टप, आर्बा र मेथलाङलगायतका क्षेत्र सरसफाइ गरिसकेका छन् ।
करीब २ सय बढी युवाले अभियानमा सहभागिता जनाएका छन् । संकलित फोहोर डयाङपिङ साइटमा लगेर विर्सजन गर्ने गरिन्छ ।
प्रत्यक शुक्रबार अभियान संचालन गर्ने गरिन्छ । सरसफाइ गरिसकेपछि सोमबार अनुगमन पनि गर्ने गरिएको छ । शुक्रबार सरसफाइ नभ्याँए अन्य दिन पनि सरसफाइका लागि जाने गरिएको छ ।
‘हाम्रो कामले स्थानीय खुशी छन्, टाढाटाढाबाट युवाको समूह सरसफाइका लागि त्यसरी पुग्दा अचम्म मान्छ, संयोजक गुरुङले भने, कतिपय अवस्थामा स्थानीय पनि हामीसँग सरसफाइमा सहभागि हुने गरेका छन्।’
सरसफाइका लागि आवश्यक रकम जुटाउन उनीहरुले आफ्नै खाजा खर्च कटाउने गरेका छन् । संयोजक गुरुङले अभियानका लागि कसैको सहयोग वा कतैबाट सहयोग प्राप्त नभएको स्पष्ट पारे ।
अभियानले विभिन्न सामाजिक सञ्जालमा चर्चा पाउन थालेपछि युवाहरु आकर्षित भैरहेको सदस्य विशाल गुरुङले बताए ।
पहिलो चरणमा सरसफाइ र अनुगमन सक्ने तथा दोस्रो चरणमा डस्वीन राख्न प्रयास गरिने गुरुङको भनाइ छ । अभियानका बारेमा जानकारी लिने र सहयोग गर्ने क्रम शुरु हुन थालेपछि उत्साह थपिएको युवाहरुको भनाइ छ ।
सरसफाइका लागि आगामि साता पोखरा १७ पावर हाउस क्षेत्र र त्यसपछि मर्दी हिमाल पुग्ने युवाहरुको योजना छन् ।
Related News
सम्बन्धित समाचार
सामुदायिक सेवा केन्द्र बगरद्धार विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives