पोखरा, २२ भदौं । नेपाली काँग्रेस कास्कीले बुधबार पार्टीका संस्थापक स्व. वीपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाउनका लागि कार्यक्रम तय गरेको छ ।
कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको सोमबारको संयुक्त बैठकले जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
पार्टीका नेता पीडित परिवारमा पुगेर सहयोग हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको हो।
बैठकले जय नेपाल मिनी मार्केटमा व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई घर भाडामा छुट दिने निर्णय गरेको छ । आर्थिक संकटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले मार्केटभित्रका १४ वटा सटरलाई वैशाख र जेठ महिनाकको भाडा छुट दिने निर्णय गरेको हो ।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान