पोखरा १०, १२ र १३ का केही टोल सिल, कुन कुन टोल सिल ?

राष्ट्र न्यूज सम्वाददाता
भाद्र १९, २०७७
ward 10

पोखरा,१९ भदौ । पोखरा महानगरपालिका वडा नं १०, १२ र १३ का केही टोलहरुमा सिल गरिएको छ ।

कोरोना संक्रमण समुदायस्तरमा फैलन थालेको महसुस भएकाले केही टोल सिल गरिएको हो ।

कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर जान नदिने उद्देश्यले टोल शिल गरिएको ती वडाका वडाध्यक्षद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङ, पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की र पोखरा १३ का वडाध्यक्ष लेखबहादुर तामाङले सूचना जारी गरी केही टोल सिल गरिएको उल्लेख गरेका छन् ।

भदौ १९ गते राति १२ बजेदेखि २६ गते राति १२ बजेसम्म टोल सिल गरिएको हो ।

सिल गरिएका टोलहरु

पोखरा १०, १२ र १३ अन्तर्गत स्वर्णिम टोल, अन्नपूर्ण टोल, लालीगुराँस टोल, भद्रकाली हुँदै ढिकालेथर, कुँडहर चोक हुँदै मियापाटनसम्म सबै क्षेत्र, लालीगुराँस मिनी मार्केट, प्रगती टोल, वीपी मार्ग ‘क’ र ‘ख’ हुँदै भद्रकाली ‘ख’ टोल विकास क्षेत्र माछापोखरीदेखि संगम टोल, मियापाटन, अन्नपूर्ण टोल हुँदै बेसलाईन स्कूलसम्म ।

‘वडा भित्र आवश्यक देखिएका केही टोल मात्र सिल गर्ने निर्णय गरेका हौं, पोखरा १० का वडाध्यक्ष राजकुमार गुरुङले भने, वडा नै सिल गरिएको भने होइन।’

सिल गरिएका क्षेत्रमा स्वास्थ्यजन्य सेवा, एम्बुलेन्स सेवा र अत्यावश्यक क्रियाकलाप मात्र संचालन गर्न पाइने छ भने खाद्यान्न तथा तरकारी पसल बिहान ११ देखि २ बजेसम्म खोल्न पाइने सूचनामा उल्लेख छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै